राष्ट्रिय चित्रकला प्रतियोगिताका उत्कृष्ट ३३ कलाकृर्ति र कलाकारहरुको नाम घोषणा

दशौं राष्ट्रिय पोसाक तथा टोपी दिवसको अवसर पारेर विश्व हिन्दु युवा संघ, ललितकला विभागले राष्ट्रिय चित्रकला प्रतियोगिता(२०७९ू को उत्कृष्ट ३३ कलाकृर्तिहरु र कलाकारहरुको नाम घोषणा गरेको छ ।

गोरक्षनाथ, गाई, गाजा, गाउँ र ज्ञान ू शिर्षकमा प्राप्त कलाकृतिहरूलाई नौ जना निर्णायकहरु रबिन कोइराला, महेश आचार्य, नगेन सिंह, ज्योति प्रकाश, मन गुरुङ, ढाका भट्टराई, बिक्रम शिशिर, श्याम श्रेष्ठ र गोपी श्रेष्ठले निर्णयक गरेका थिए ।

Social Media अन्तर्गत “Fineart Facebook National Award ” ललितकला फेसबुक राष्ट्रिय पुरस्कारू तर्फ तिनै तहका उत्कृष्ट ९ कलाकृर्तिहरु र कलाकारहरुको नाम प्रकाशित गरेको हो भने बाकी ४ Social Media Awards Public Voting २०७९ माघ १५ गते सम्म राखिएको जानकारी विश्व कला यात्री प्राज्ञ नगेन सिंहले जानकारी दिनुभयो ।

उत्कृष्ट ३३ कलाकृर्तिहरु र कलाकारहरुको नाम यस प्रकार छन् !

खुल्ला कलाकार तह- गोपाल ओझा(पाँचथर), सरुना देवि महर्जन( ललितपुर), सुरज सुवेदी(बाके), दिपक चन्द(सुर्खेत), रोजन खड्का(ललितपुर), अर्जुन परियार(बाग्लुङ्ग), डा. खेम राज मल्ल(दाङ) र कृष्ण कुमार श्रेष्ठ(सुनसरी) , +२ एंव क्याम्पस तह- अभिक्क्षा तमाङ(धनकुटा), भगवत वुढाथोकी(रामेछाप),नरेश सिंह विष्ट (दार्जुला), रूपक राई(सुनसरी), अनुस्का बराल(कास्की), मोनिका श्रीस(कास्की), अन्शु चन्द(बांके) र आयुष बटाजु(कास्की) , विद्यालय तह-रिज श्रेष्ठ(सर्लाही), यशोविना कार्की(धनकुटा), नज्योशा सिंह ठकुरी(कास्की), आयुस्मा पाण्डे(रुपेन्देही),  सुभब न्यौपाने(रुपेन्देही), प्रियंका गुरुङ(कास्की), निर्णाण बराल(कास्की) र दिपा केशरी(रुपेन्देही), ललितकला फेसबुक राष्ट्रिय पुरस्कार-२०७९ – सरुना देवि महर्जन( ललितपुर), अर्जुन परियार(बाग्लुङ्ग), डा. खेम राज मल्ल(दाङ), मिक्सेन लिम्बु(धनकुटा), स्मीबुङ राई(सोलुखुम्बु), सुजन सिंह(स्याङ्जा), भूषण राज राज भण्डारी( कास्की), नरेश सिंह विष्ट (दार्जुला) र मोनिका श्रीस(कास्की) , पुरस्कार वितरण समारोह २०७९ फागुन ६ गते महा शिवरात्रीका दिन मृगस्थली, काठमाण्डौमा हुने  बिश्व हिन्दु युवा संघको अध्यक्ष ऋषिकेष जंग शाहले बताउनु भयो ।