पोखरा, कात्तिक २९ । इन्द्रेणी थिएटर पोखराको आयोजनामा गण्डकी प्रदेशका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७८ सोमबार नगेन आर्ट एकेडेमीमा सम्पन्न भएको छ । चित्रलाई निर्णायकले मूल्यांकनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा छुट्याएका थिए । त्यसमा क्रमशः रिना पटेल, सपना नेपाली, रोशना पौडेल र आश्मा रिमाल छन्। उनीहरुले क्रमशः ५ हजार, ४ हजार, २ हजार र १ हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्रसँगै नगेन आर्ट एकेडेमीबाट ७५%, ५०% र २५% छुट प्राप्त गरेका छन् । http://nagennews.com/?p=3357