कलामार्फत गाईको अस्तित्वको चिन्ता

गण्डकी भ्वाइस, भदौ २, २०७९ बिहीबार, प्रदर्शनीमा आउने जो कोहीलाई पनि ती चित्रहरुले भावुक बनाउँछ । एउटा चित्रमा गाईलाई विशेषतः तिहारमा सेतो ढाप लगाउने प्रचलनलाई चित्रण गरिएको छ । गाईको त्यो सेता ढब्बालाई समाजमा बढ्दै गएको हेलाभावका कारण रातो बन्दै गएको कलाकारले देखाउन खोजेका छन् । यस्तै, अर्को चित्रमा उल्टो इन्द्रेणीजस्तो बनाएर राष्ट्रिय जनावर गाईको अस्तित्व सङ्कटमा परेको चित्रण गरिएको छ । प्रत्येक कलामार्फत गाईको अस्त्वि सङ्कटमा परेको देखाउन खोजिएको छ । https://gandakivoice.com/news/detail/24387/?fbclid=IwAR03Nm5Tzd304KbwfTSX9SgUYQQ9apj7AL6_Owxat1CzdxVwlBlCnzQk2GA

कलाकार ठकुरीको “गाई” एकल चित्रकला प्रदर्शनीमा

साहित्यपोस्ट, प्रकाशित २०७९ श्रावण ३१, गाईजात्राको दिनदेखि शुरु भएको उक्त प्रदर्शनीमा ठकुरीका २१ थान कलाकृति प्रदर्शनीमा राखिएका छन । नेपाली राष्ट्रिय जनावर गाईको महत्त्व र महिमालाई थप उजागर गर्ने हेतुले सो प्रदर्शनीको आयोजना गरिएको कलाकार ठकुरीले बताउनुभयो। गाईलाई विभिन्न स्वरुप र हाउभाउमा प्रस्तुत गरिएका ती कलाकृति अल्कोहल ईंक मार्करबाट सृजना गरिएका छन्। अल्कोहल ईंक कला निर्माणको एउटा माध्यय हो जुन नेपालको सन्दर्भमा नितान्त नौलो प्रगोग हो। https://sahityapost.com/literature-news/81517/

राष्ट्रिय चित्रकला प्रतियोगिताका उत्कृष्ट ३३ कलाकृर्ति र कलाकारहरुको नाम घोषणा

प्रमुख खबर, २०७९, १८ पुष सोमबार, Social Media अन्तर्गत “Fineart Facebook National Award ” ललितकला फेसबुक राष्ट्रिय पुरस्कारू तर्फ तिनै तहका उत्कृष्ट ९ कलाकृर्तिहरु र कलाकारहरुको नाम प्रकाशित गरेको हो भने बाकी ४ Social Media Awards Public Voting २०७९ माघ १५ गते सम्म राखिएको जानकारी विश्व कला यात्री प्राज्ञ नगेन सिंहले जानकारी दिनुभयो । https://pramukhkhabar.com/2023/01/02/7058/

नगेन सिंह प्रवल जनसेवाश्री मानपदवीद्धारा विभूषित भएकै दिन पर्फमेन्स आर्ट प्रदर्शन

पोखरा । सरिता गुरुङ्ग राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व कला यात्री प्राज्ञ नगेन सिंहलाई प्रवल जनसेवाश्री मानपदवीद्धारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो मानपदवीबाट उहाँ सम्मानित हुनुभएका हुन् । नेपाली कला क्षेत्रको श्रीवृद्धिका लागि उहाँले कलाकारिताको माध्यमबाट समाज र राष्ट्रलाई पु¥याएको उच्च योगदानको कदर गर्दै कलाकार सिंहलाई राष्ट्रपतिले सो मानपदवीबाट सम्मान गर्ने निर्णय गर्नुभएको हो । सोही सम्मान दिने घोषणा भएकै दिन सिंहले नेपालको संविधानमा कलाकार अंगको रुपमा लेखिनुपर्ने माग राख्दै सो माग सम्बोधन नभएसम्म कपाल नपाल्ने प्रतिज्ञा गर्दै वर्षौदेखि पाल्दै आएको १८ इन्च १ सेन्टिर मिटर लम्बाइ भएको कपाल काट्ने पर्फमेन्स आर्ट गर्नुभएको…