पोखरा विश्वविद्यालय प्राङ्गणमा विश्वको उत्कृष्ट गन्तव्य नेपाल तेस्रो कला प्रदर्शनी सम्पन्न

लेखनाथ । बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि “विश्वको उत्कृष्ट गन्तव्य नेपाल तेस्रो कला प्रदर्शनी“ पोखरा विश्वविद्यालय प्राङ्गणमा कलाकार प्राज्ञ नगेन सिहंको कलाकृतिहरू प्रदर्शन सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवरले रु.१००/- योगदान गरी उक्त प्रदर्शनी कार्यक्रमको समुद्घाटन क्यानभासमा चित्र कोरेर गर्नुभएको थियो ।

बाग्लुङ गल्कोटको रमणीय गाइघाट झरना “विश्वको उत्कृष्ट गन्तव्य नेपालको लोगो” मायाको चिनो गमला, ट्रफि, प्रमाणपत्र, टिर्सटमा सार्वजनीक गरेर नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताउदैं चित्रकला प्रतियोगिता तथा प्रदर्शनी गर्ने कार्यलाई प्रशंसा गर्दै आगामि दिनको कार्यक्रमको शुभकामना दिनुभयो ।

“शान्ति, पर्यटन र कला प्रवर्द्धन“ नाराका साथ नेपालको ७७ वटै जिल्लाको कम्तीमा ५ वटा हेर्न, सुन्न र घुम्न लायक ठाउँहरूको चित्रकलाहरु सिर्जना गरीएको कलाकृतिहरूको संगालो “नेपाल कला यात्रा“ पुस्तक संसारका १९५ देशको भाषामा प्रकाशन गरी बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानमा सहभागी हुनको लागि आर्शिबाद स्वरूप रु.१००/- योगदान गरी सहभागी हुने अवसर जुटाउन उक्त प्रदर्शनीको व्यवस्था गरिएको धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयका अध्यक्ष विकास जङ्ग कुँवरले जानकारी दिनुभयो ।
विश्व वातावरण दिवसको अवसरमा “विश्वको उत्कृष्ट गन्तव्य नेपाल तेस्रो कला प्रदर्शनी“ आयोजना गरिएको र सो कार्यक्रममा “पृथ्वीको लागि कला ः रचनात्मकता मार्फत प्रेरणादायक परिवर्तन” शिर्षकको चित्रकला प्रतियोगितामा रबिना बस्नेत प्रथम, द्वितीय सिम्रन परियार, तृतीय विभुती पौडेल र सान्तोना दिपक काउचा हुनुभएको थियो ।

हामी सुन्दरता, आकर्षण र साहसिक कार्यले भरिएको अद्भुत संसारमा छौँ , अझ हामी नेपाल देशमा छौँ । यदि हामीले आँखा खोलेर खोज्यौं भने हामी भित्रको सुन्दरता भेट्न सक्छौ र भेट्न सक्नु जिवनको एउटा उपलब्धि हो । भेट्टाउका लागि तपाईं हामीलाई यात्राहरुले सहयोग गर्नेछन् ।
यस्तै प्रकारले ७७ जिल्ला पुगेर चित्रकला सिजर्ना गरि नेपाल बिश्वको उत्कृष्ट गन्तव्य बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य विश्वकला यात्री प्राज्ञ नगेन सिंहलाई राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित पनि गरिएको पनि छ ! जसको हौसला स्वरूप नेपालको ७७ वटै जिल्लाको ठाउँहरूको चित्रकला सिर्जना गरीएको कलाकृतिहरू विश्वको सबै भाषामा रंगीन पुस्तक “नेपाल कला यात्रा“ प्रकाशन गर्न लागि परेको बताउनुहुन्छ कलाकार सिंह ।
हरेक देशको विश्वबिधालय र पुस्ताकलयमा सोहि देशको मातृ भाषामा कम्तीमा ५०० प्रति निशूल्क वितरण गर्ने जसले गर्दा स्वो अध्ययन गरेर नेपाल घुम्न आउनेहरुले नेपाल विकाश भै नेपालीहरु धनि हुने बताउनुहुन्छ नगेन ।
हालसम्म रु.१००/- रूपया एवं सो भन्दा बढी योगदान गरेर ६५० जना सहभागी भैसक्नु भएको छ ।
हालसम्म रु.१००/– रूपया एवं सो भन्दा बढी योगदान राजनेता पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, माधवकुमार नेपाल, पूर्व मन्त्री गगन थापा, पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधि सभा सदस्य शिव नेपाली , प्रदेश सांसद सरस्वति गुरुङ, नेपाल पत्रकार महासंघको अध्यक्ष बिपुल पोखेरल , Amnesty International Nepal को अध्यक्ष बिपिन बुढाथोकी, पत्रकार, शिक्षाविद, युनाइटेड क्लव पोखरा(पोखरा महोत्सव), लेखनाथ उद्योग वाणिज्य ( लेखनाथ महोत्सव), परिर्वतनको लागि हामी अभियान नेपाल, Optimist International Nepal, धर्मगुरु, साहित्यकार, व्यवसायी देखि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्मा, अशेष मल्ल, बिजय विस्फोट, निर्देशक अनुप बराल, मिलन चाम्स, नेपाली हिपहप म्यूजिकका संरक्षक रÞ्यापर सुरेन्द्र गुरुङ ( हाकिम ), गायक गायीका ज्योति मगर, शान्ति श्री परियार, प्रकाश दुतराज, टिका प्रसाई, रितु कडेल, सुप्रिम मल्ल ठकुरी सम्म सहभागि भैसक्नुु भएको विश्वकला यात्री प्राज्ञ कलाकार सिंहले बताउनुभयो ।

यसरी आर्शिबाद स्वरूप रु.१००/- योगदान गरेर अभियानमा सहभागीहरु सबैको नाम पुस्तकमा प्रकाशित गरिने जानकारी नेपाल कला यात्रा पुस्तक प्रकाशन समिति संयोजक रमेश शेर्पाले बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष) २०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी,नाफा(पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार) २०५९ प्रथम पुरस्कार अरनिको कला कार्यशाला प्रतियोगिता, २०५९ सान्तोना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिस्ट संघ,केन्द्रीय समिति, राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र दजनौ सम्मान पाएका कलाकार नगेन सिंह ठकुरीले कला विषयमा स्नातकोत्तर गरेका छन् । १२ औँ पटक एकल कला प्रदर्शनी गरि सकेका छन् ।
यो “विश्वको उत्कृष्ट गन्तव्य नेपाल कला प्रदर्शनी“ १९ औं लेखनाथ महोत्सवमा र १२ औं पोखरा महोत्सवमा पनि गरिएको थियो ।

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *