ललितकला डायमण्ड बर्ष ब्यक्ति २०८० छान्नुहोस् ‘गुगल फारम’ सहित

पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०८० सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार, कला क्रान्ति वर्ष काटुनिष्ट र कला क्रान्ति वर्ष समीक्षक घोषणा गरेका छौ ।

नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०८० सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ९६ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट तिन कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, काटुनिष्ट र समीक्षक छान्ने जिम्मा पाठकलाई लगाई छानेका छौं ।

अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई  जेठ १५ गते सम्म आफ्नो मत दिने समय दिइएको थियो ।

उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्तिहरु बिक्रम श्री (इटहरी मेट्रिक्स सांस्कृतिक केन्द्र), ए.बि. गुरङ्ग (अध्यक्ष,आई डब्लु एस, नेपाल), किरण सिगु, दिपेन्द्र बनेपाली (राष्ट्रिय ललितकला संघ, नेपाल) र सञ्जय वान्तवा (कोशी प्रदेश समन्वय समिति) भएका छन ।

उत्कृष्ट पाँच कला क्रान्ति बर्ष पुरुषहरु दुर्गा बराल वात्सायन, बिजय महर्जन( स्कप्चर भिजन), नर बहादुर विके, रवि मिश्र र मन गुरुङ ( लुजिङ वनसेल्फ ईन ट्रानजिसन) भएका छन् ।

उत्कृष्ट तिन कला क्रान्ति बर्ष नारीहरु सुस्मा राजभण्डारी ( लाईफ), ज्योति गुरुङ र सन्ध्या सिलवाल(अनन्त डोरहरु) भएका छन् ।

उत्कृष्ट तिन कला क्रान्ति बर्ष मुर्तिकारहरु राजु पिठाकोटे, गणेश राई र यशोदा कुमारी सिंह भएका छन् ।

उत्कृष्ट तिन कला क्रान्ति बर्ष कार्टुनिष्टहरु बाशु क्षितिज, जित गुरुङ र अनुप गुरुङ भएका छन् ।

उत्कृष्ट तिन कला क्रान्ति बर्ष समीक्षकहरु सुनिल पौडेल, बाबु साहिला र केशवराज खनाल भएका छन् ।

नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०८० सालमा ललितकला क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका २२ जनाबाट ‘गुगल फारम’ र Social Media Engagement (like, Comment,Share) गरेर भोट गरी एक जना ललितकला डायमण्ड बर्ष ब्यक्ति २०८० छान्न अनुरोध गर्दछौं ।

जेठ २९ गते राती १२ बजेर ३० मिनेट सम्म भोट गर्न पाईने छ ।

तलकाे लिकं खाेली भाेटिङ गर्नुहाेला ।

https://forms.gle/nr6vLWHVQ3YwzAEZ6

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *